Total Pageviews

किन राजा ज्ञानेन्द्र शाहले भने - म जहाँ-जहाँ जान्छु 'राजा आऊ, देश बचाऊ' मात्र सुन्छु


राजा ज्ञानेन्द्र शाह भन्छन् - म जहाँ-जहाँ जान्छु 'राजा आऊ, देश बचाऊ' भन्ने जनआवाज सुन्छु

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले जहाँ गएपनि  'राजा आऊ र देश बचाऊ' भन्ने जनआवाज सुन्ने गरेको बताएका छन्।  बिहीबार भैरहवामा समर्थकहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले आफू जता गएपनि आउन र देश बचाउन आग्रह गरेको सुनेको बताएका हुन्।

'म जता जाउँ जहाँ पुगौं-जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउन र देश बचाउ। हाम्रो देशको सभ्यता र समृद्धि बढाउ। यहाँ खडा भएर म भन्दछु,'म बोलिरहेको छु, देश बनोस्,देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्ष पोखिरहेको छु। '

पूर्वराजा शाहले पछिल्लो समय देशको अवस्थालाई नजिकबाट नियालीरहेको बताएका छन्। उनले भने,'म कतै अन्त गएको छैन। सदासदा नेपालीको साथमा छु। नेपालभित्रै छु। नेपालीहरूको सुख,दु:ख,सुविधा असुविधा,बाधा पीडा तथा हिजोआजका अवस्थालाई नजिकबाट नियालीरहेको छु।'

उनले युवा पलायनप्रति चिन्ता प्रकट गर्दै  देशको माया नभएर अवस्था विग्रिएकाले युवा जमात बाहिरिन बाध्य भएको बताएका छन्। 

बेरोजगारी,गरिबी,शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितले लाखौं युवाजनशक्ति विदेशीएको उनको भनाइ छ।  उनले अहिले देश जर्जर अवस्थामा पुगेको बताएका छन्।

देशमै उत्पादन,उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्नेमा उनको भनाइ छ। पूर्वराजा शाहले विभिन्न विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर  अगाडि बढ्न आग्रह समेत गरेका छन्।

Previous Post Next Post

نموذج الاتصال