Total Pageviews

आजकाे राशिफल, २०८० साल पौष २१ गते शनिवार, यी राशिहरूकाे चम्किनेछ भाग्य


आज - २१ पौष २०८० शनिवारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाट पनि लाभ मिल्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज स्वास्थ्यमा खर्च बढ्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला । सानो तिनो समस्यामा पनि अल्झनुपर्ला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ । विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनुपर्नेछ । वैदेशिक कार्य भने बन्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Previous Post Next Post

نموذج الاتصال