Total Pageviews

मेलम्चीको पानी फेरी आउने भयो घरघरमा, हेर्नुहोस् यस्तो छ कारण


मेलम्चीको पानी माघ १ देखि उपभोक्ताको धारामा 

काठमाडौँ — साढे छ महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारा खसाल्ने तयारी गरिएको छ । खानेपानी मन्त्रालयले बाढी पहिरोका कारण क्षति भएको सिन्धुपाल्चोक स्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाएर पानी सुरुङमा पठाउन रातदिन काम भइरहेको जनाएको छ ।

मन्त्रालयका सचिव सुरेश आचार्यले आयोजानfको क्षतिग्रस्त मुहानमा भइरहेको गेग्रान हटाउने कामको बुधबार निरीक्षण गरेपछि अबको १३ दिनपछि अर्थात् माघे संक्रान्तिको दिन पानी उपभोक्ताको धारामा खसाल्ने बताए ।

आयोजना स्थलमा उनले पानी छिटोभन्दा छिटो काठमाडौं पठाउन तीब्र गतिमा काम गर्न निर्देशन दिए । गत साउनमा आएको बाढीले हेडवर्क्स क्षतिग्रस्त भएपछि चिनियाँ ठेकेदार कम्पनीले गेग्रान हटाउने काम गरिरहेको छ । सिनोलाई २८ दिनमा काम पूरा गर्ने लक्ष्य तोकेर गत ५ गते सम्झौता गरिएको थियो । ’हामी सम्झौताभन्दा केही दिन अघि नै काम सक्नेगरी अघि बढेका छौं,’ सचिव आचार्यले भने ।

आयोजनाको हेडवर्क्स निरीक्षण गरेपछि सचिव आचार्यले ठुला मेशिन लगाएर गर्ने काम धेरै सकिएको बताए । उनले अस्थायी रुपमा बनाएको सुरुङमा मसिनो बालुवा र माटो छिरेर समस्या बनाएको बताए ।

‘उक्त संरचनाबाट मान्छेले नै काम गरेर बालुवा र माटो बाहिर लिकाल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘तर सेड्युअल नै बनाएर काम गरेकाले ठूलो समस्या आएन भने अवको १२–१३ दिनमा काठमाडौंमा पानी खसाल्ने योजना बनाएका छौं ।’

सरकारी निकायबाट अलिकति पनि कमजोरी हुन नदिने गरी काम भइरहेको दाबी गर्दै आचार्यले काठमाठौंबासीलाई पानी नखुवाएसम्म कुरा गरेर मात्र केही नहुने बताए । दैनिक ५१ करोड लिटर पानी काठमाडौं खसाल्ने योजना अनुसार २७ किमि सुरुङबाट पानी सुन्दरीजल स्थित प्रशोधन केन्द्रमा ल्याएर वितरण गर्ने संरचना बनाइएको छ ।

गत साउनको अन्तिम साता आएको बाढीले हेडवर्क्सको संरचनालाई १५–२० मिटर अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुंगा, गिटी र बालुवा झिक्ने काम भइरहेको छ । २०७८ असारमा आएको अकल्पिनीय बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौं ल्याउन कठिन भइरहेको छ ।

वर्षातको बाढीले नोक्सान हुने भयले गत असारको पहिलो साता नै सुरुङको मुख बन्द गरिएको थियो । मुख बन्द गरेका कारण साउनमा आएको बाढीले मुख्य सुरुङ नोक्सान भएको छैन । तर दुई वर्ष अघि जस्तै गेग्रानले हेडवर्क्सको संरचना पुरिएको थियो । उक्त गेग्रान हटाउने काम गर्न सरकारी प्रक्रियामा ढिलाई भएका कारण लामो समयदेखि पानी बन्द छ ।

२०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौं खसालिएको थियो । तर बाढीपहिरोको कारण पानी वितवरणले निरन्तर पाउन सकेको छैन । सुरुङ निर्माण सुरु भएको २२ वर्षपछि काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाएका थिए । तर काठमाडौंको पानी वितरण संरचनासहित झण्डै ६५ अर्ब भन्दा बढी खर्च भइसकेको आयोजनाले बाढीपहिरोका कारण समस्या झेल्दै आएको छ ।

Previous Post Next Post

نموذج الاتصال