Total Pageviews

क्रिश्चियन बने रोग निको हुन्छ भन्दै प्रचार गर्नेको मुखमा कालो पोतियो


क्रिश्चियन बने रोग निको हुन्छ भन्दै प्रचार गर्नेको मुखमा कालो पोतियो

कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ ।

स्थानीय महिलालाई उपचारका नाममा झुक्क्याएको आरोप लगाउँदै कपिलवस्तु नगरपालिका वडा नम्बर २ प्रहरी कार्यालय टोलको एक घरमा दुई जनालाई कालोमोसो दलिएको हो ।

स्थानीयले क्रिश्चियन धर्म प्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालो मोसो दलेका हुन्।

घटनाबारे जानकारी पाएपछि तत्कालै प्रहरीले कालोमोसो दलिएका व्यक्तिको उद्धार गरेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Previous Post Next Post

نموذج الاتصال