Total Pageviews

सार्वजनिक यातायातमा १८ हजार रुपैयाँ चोरी, दुई पाकेटमार पक्राउ


सार्वजनिक यातायातमा १८ हजार रुपैयाँ चोरी, दुई पाकेटमार पक्राउ

काठमाडौँ । काठमाडौँको सार्वजनिक यातायातमा पाकेटमारीमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महाराजगञ्ज चोकमा सार्वजनिक यातायातमा सवार भएका मानबहादुर भण्डारीको साथमा रहेको १८ हजार रुपैयाँ पाकेटमारहरूले चोरेका थिए ।

घटनाबारे अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भएका ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३५ वर्षीय विष्णु थापालाई पक्राउ गर्न सफल भएको हो । 

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 


Previous Post Next Post

نموذج الاتصال