Total Pageviews

बन्दुकधारी समूहले टेलिभिजनमा लाइभ कार्यक्रम भैरहँदा स्टुडियोमै प्रवेश गरी होहल्ला मच्चाउँदा….


बन्दुकधारी समूहले टेलिभिजनमा लाइभ कार्यक्रम भैरहँदा स्टुडियोमै प्रवेश गरी होहल्ला मच्चाउँदा….

काठमाडौं- इक्वेडरमा बन्दुकधारीहरुको एक समूहले एउटा टेलिभिजनमा लाइभ कार्यक्रम भैरहँदा स्टुडियोमै प्रवेश गरी होहल्ला मच्चाएका छन् । मुख छोपेर आएका बन्दुकधारीहरुले गुयाक्वील सहरको टीसी स्टुडियोको कार्यक्रम बिथोलेका हुन् ।

उनीहरुले कार्यक्रम सञ्चालकलाई नियन्त्रणमा लिई करिव आधा घण्टा उपद्रो मच्चाएका थिए । एक कुख्यात अपराधी कारागारबाट भागेर अपराध बढाउन थालेपछि इक्वेडरमा २ महिने संकटकाल घोषणा गरिएको छ ।

संकटकाल घोषणा भएको केहीदिन बित्‍न नपाउँदै अपराधीहरुको समूहले टेलिभिजन स्टुडियोका कर्मचारीहरुलाई समेत धम्क्याएका हुन् । घटना लगत्तै त्यस ठाउँमा प्रहरी परिचालन गरी टेलिभिजनका कर्मचारीहरुलाई सुरक्षित ठाउँमा राखिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरेको छ । अपराधीहरुको समूहले केहीदिन यतामात्र ७ जना प्रहरी अधिकारीहरुलाई अपहरण गरिसकेका छन् ।

इक्वेडरको शान्ति सुरक्षाको टाउको दुखाइ बनेका फितो उपनामका एडोल्फो मासियास भिलामर आइतवार निकै सुरक्षित मानिएको जेलबाट भागेका थिए । इक्वेडरमा पछिल्लो समय दर्जनौ संख्यामा संगठित आपराधिक समूहहरुले अराजकता मच्चाउँदै आएको बीबीसीले उल्लेख गरेको छ ।

Previous Post Next Post

نموذج الاتصال