Total Pageviews

आजकाे राशिफल, २०८० साल पौष २५ गते बुधवार, यी राशिहरूकाे चम्किनेछ भाग्य


आज - २५ पौष २०८० बुधवारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न पनि सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज सामाजिक र प्राविधिक काम सम्पन्न हुने त्यसबाट थप ऊर्जा मिल्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।


Previous Post Next Post

نموذج الاتصال