Total Pageviews

आज - पौष २७ गते २०८० साल शुक्रबारको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य



आज - पौष २७ गते २०८० साल शुक्रबारको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केहि दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् । बिहान काम बन्नेछ, बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नुपर्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योगका साथै फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ । 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Previous Post Next Post

نموذج الاتصال