Total Pageviews

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो


व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

न्युयोर्क, १७ मंशिर । श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाए पछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् । 

तर, यसलाई कुनै खतराको संकेत भन्नुको सट्टा सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ । चीनपछि अब अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो । अमेरिका बाहेक डेनमार्क र नेदरल्याण्डमा पनि यसका केसहरू रिपोर्ट भइरहेका छन्।

यो रहस्यमय निमोनियालाई ‘व्हाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ । यो रोगले प्रायः ३ देखि ८ वर्षका बालबालिकालाई असर गर्छ। यो रोग किन सर्छ भन्ने ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन । 

तर, कतिपयले यो रोगको कारण माइकोप्लाज्मा निमोनिया ब्याक्टेरियाबाट हुने संक्रमण भएको बताएका छन् । यस संक्रमणका कारण फोक्सो प्रभावित हुन्छ । तर, अहिलेसम्म यो र चीनमा बालबालिकामा हुने श्वासप्रश्वाससम्बन्धी रोगबीच कुनै सम्बन्ध भेटिएको छैन। तर बढ्दो केसहरू हेर्दा यो खतराको संकेत हुन सक्छ।

‘व्हाइट लङ सिन्ड्रोम’ के हो ?

यो रहस्यमयी रोगलाई व्हाइट लङ सिन्ड्रोम नाम दिइएको छ किनभने यसबाट प्रभावित हुँदा फोक्सोमा सेतो दाग देखिन थाल्छ । यो रोगका कारण फोक्सोमा सुन्निने हुन्छ । जसका कारण फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ । यो सुरुमा हल्का हुन्छ तर पछि गम्भीर हुन सक्छ।

Previous Post Next Post

نموذج الاتصال