अहिले |
डाक्टरले चेक जाच नै नगरि औषधि प्रयोग गर्न लाउदा एक जना बहिनिको मृत्यु भएको छ।
अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी र केही दिनपछि ज्वरो,
खोकी लाग्न थालेपछि पुन त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।
टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो ।
भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन । पछि B&B र त्यसपछि पाटन हस्पिटल पुराइयो। तर कसैको केहि लागेन। उनको निधन भयो ।
Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो ।
नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो को नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले ।
नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।
नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल ।
सामाजीक सञ्जालमा भेटिएकाे पाेष्ट । पाेष्ट हेर्न यहाँ थिचनुहाेस् ।
Tags
Hot News