मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय हुन सक्छन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति भने सचेत रहनु पर्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।