Total Pageviews

अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेको भन्दै विभागले सोध्यो निर्मल पूर्जालाई स्पष्टिकरण

 


सगरमाथा क्षेत्रमा अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेको भन्दै पर्यटन विभागले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई स्पष्टिकरण सोधेको छ।

विभागका एक कर्मचारीका अनुसार पुर्जाले सगरमाथा क्षेत्रमा अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेकोले स्पष्टिकरण सोध्न लागेको हो। पुर्जाले  ‘स्काई-डाइभिङ’ गर्नेबारे विभागसंग केहि समन्वय नगरेको ती कर्मचारीले बताए।

पर्वतारोही पुर्जाले सगरमाथा क्षेत्रमा स्काई–डाइभिङको सुरुवात गरेका थिए। उनले यसलाई ‘स्काई डाइभ निम्स दाइ’ नाम दिएका थिए।

६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गरेका उनले आफ्नो महत्वाकांक्षालाई थप उचाइ दिन भन्दै स्काई डाइभको औपचारिक सुरुवात गरेका थिए।  

Previous Post Next Post

نموذج الاتصال